२०८२ असार ८ आइतबार

राशिफल

ओखलढुंगामा बोलेरो दुर्घटना, १ जनाको ज्यान गयो

ओखलढुंगा :  जिल्लाको सिस्नेखोलामा बोलेरो दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ ।

आज बिहान चिशंखुगढीको दियालेबाट ओखलढुंगा सदरमुकाम आउँदै गरेको प्र १–०२–००१ ज ३८७५ नम्बरको बोलेरो सिद्धिचरण नगरपालिका ५ सिस्नेखोलामा दुर्घटनामा हुँदा बोलेरोमा सवार चिशंखुगडी ३ पोखरेकी ३५ वषिया कुमारी श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते उनको सामुदायिक अस्पतालमा ओखलढुंगामा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले बताए ।

उनका अनुसार दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । घाइते मध्ये ४३ वर्षिया सिता भुजेल र २७ वर्षिय चालक हिमाल खतिवडालाई थप उपचारको लागि काठमाडौं रेफर गरिएको प्रहरी प्रमुख काफ्ले जानकारी दिए ।