२०८२ असार ८ आइतबार

राशिफल

धनुषामा गोली चल्दा मुखिया घाइते

काठमाण्डौं : धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका १९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् ।

कमला नगरपालिका( ८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए ।

उनका मामा भोगी मुखियाले संचालन गरेको किराना पसलमा ५, ६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

चिउँडोमा लागेको गोली मुखियाको घाँटीमा गएर अड्किएको बस्नेतले बताए ।