काठमाडौं : नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचनमा मूलधारको राजनीति निकट मानिने सिडेन, पिन लगायतका संगठनले नेवार समुदायको प्रतिनिधित्व गराएका छैनन् ।
नेवार समूदायबाट इन्जिनियरिङ क्षेत्रमा संलग्न इन्जिनियरहरुको सङ्ख्या ठूलो रहँदारहँदै पनि आफूहरुलाई स्थान दिन नसकेकोमा नेवार इन्जिनियरहरुले चित्त दुखाएका छन् ।
आफ्नो नाम उल्लेख नगर्ने सर्तमा नेवार समुदायका एक इन्जिनियरले भने, ′हाम्रो समुदायलाइ मूलधारका राजनीति निकट मानिने संगठनहरुले स्थान दिएनन्, हाम्रो सिङ्गो समुदायको प्रतिनिधित्व नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावमा नहुँदा हामी वैचारिक रुपमा आस्थावान् रहँदारहँदै पनि हाम्रो समुदायको प्रतिनिधित्व रहेको गैरराजनीतिक प्यानललाइ समर्थन गर्नुपर्ने स्थितिमा हामी छौं, हामी नेवारहरुको सबैभन्दा बढि प्रतिनिधित्व गरेको प्यानलको रुपमा हामीले लोकतान्त्रिक इन्जिनियर समुदायलाइ पाएका छौं ।′
आफ्नो समुदायको प्रतिनिधित्व नभएको भन्दै रुष्ट बनेका नेवार समुदायको मत मूलधारका राजनीतिक संगठनलाइ प्राप्त हुन नसक्दा यसको प्रत्यक्ष प्रतिकुल प्रभाव निर्वाचनको मत परिणाममा पनि पर्न जाने आँकलन गर्न सकिन्छ ।
यसपटक हुन लागेको नेपाल ईन्जिनियर्स एसोसिएसनको निर्वाचनमा सबैभन्दा बढी विधा, वर्गसमुदाय, लिङ्ग, भूगोल लगायतको समावेशीमूलक प्रतिनिधित्व हुने गरि ई. दिलीप कुमार झा नेतृत्वको लोकतान्त्रिक ईन्जिनियर समूहले उम्मेदवारहरू मैदानमा खटाएको छ ।
केही समयअघि उक्त समुहले लुम्बिनी प्रदेशबाट बिजयी अभियानको सुरुवात समेत गरेको छ ।
तपाइँको प्रतिक्रीया