तनहुँ : तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा लागेको आगो झन्डै चार घण्टापछि केहीबेरअघि निभाइएको छ ।
काठमाण्डौबाट गएको हेलिकप्टर, आठ वटा दमकल, ट्याङ्कर, सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीमा परेर सात वटा घर जलेका छन् ।
अरू ठाउँमा आगो नफैलियोस् भनेर अरू चार वटा घर डोजर लगाएर भत्काइएको छ ।
आज बिहान साढे १० बजेदेखि दमौली बजारमा रहेको भूपाल हार्डवेयर गोदाममा आगो लागेको थियो ।
तपाइँको प्रतिक्रीया