२०८२ असार ८ आइतबार

राशिफल

सुन आयातमा कडाइ, दैनिक १० किलो मात्रै आयात गर्न पाउने

काठमाण्डौ : नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले आज आइतवार निर्देशन जारी गर्दै दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने जनाएको छ ।

सुन आयातकै लागि ठूलो रकम विदेशिँदा विदेशी विनिमय सञ्चिति घट्न थालेपछि राष्ट्र बैंकले दैनिक २० किलोको कोटाबाट घटाएर १० किलोमा झारेको हो ।