२०८२ असार ८ आइतबार

राशिफल

असईद्धारा जवानलाई निर्घात कुटपिट

काठमाण्डौं : महोत्तरीको जलेश्वर नगरपालिकामा रहेको अस्थायी प्रहरी पोष्टका इन्चार्जले सोही प्रहरी पोष्टमा कार्यरत एक प्रहरी जवानलाई निर्घात कुटपिट गरेका छन् ।

जलेश्वर नगरपालिकाको कार्यालयभित्र रहेको अस्थायी प्रहरी पोष्टको असई मोतीराम महतोले प्रहरी जवान जयनारायण पटेललाई निर्घात रुपमा कुटपिट गरेका हुन् ।

शनिबार बिहान ९ बजे खाना पकाई रहेको समयमा एक्कासी असई महतो उनीमाथि जाइ लागेका थिए ।