काठमाण्डौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन सार्नेबारे छलफल चलिरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आगामी वैशाखको स्थानीय तहको निर्वाचन सार्नेबारे छलफल भइरहेको बताएका हुन् ।
स्थानीय तह निर्वाचन सार्न खोज्नु भएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘ अब म भन्न सक्दिन, त्यो पनि कुरा चलिरहेको छ ।’ उनले प्रतिनिधिसभा भंग गरेर जानुपर्ने पनि बताए ।
यद्यपि स्थानीय तहको निर्वाचनपछि भंग गरेर जाने या त्यसअघि नै भन्नेबारे चाहिँ उनले स्पष्ट पारेनन् । यो विषय सत्ता गठबन्धनमा छलफल गरेर प्याकेजमै टुंगो लगाइने उनले बताए ।
तपाइँको प्रतिक्रीया