विराटनगर : धरान उपमहानगरपालिका १८ को एक होटलमा मृत भेटिएकी महिलाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् ।
पाँचथर घर भई इटहरी उपमहानगरपालिका– ५ बस्दै आएकी ३८ वर्षीय सुमित्रा तामाङ गत मंगलबार न्यू कान्तिपुर होटल एण्ड लजमा मृत अवस्थामा भेटिएकी थिइन् ।
उनको हत्या आरोपमा प्रहरीले धनकुटा पाख्रिबास नगरपालिका–६ का २४ वर्षीय जीवन मगर भनिने विनेश राना मगरलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई धनकुटाको पाख्रिबास नगरपालिका–११ बाट पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
तपाइँको प्रतिक्रीया