२०८२ असार ८ आइतबार

राशिफल

पासपोर्ट र भिसा नभएको व्यक्ति विमानभित्र पुगेको घटनाको गृहमन्त्री खाँणलाई प्रतिवेदन

काठमाडौं : पासपोर्ट र भिसा नभएको व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानभित्रै पुगेको घटनाको अनुसन्धानका लागि गठित समितिले आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ ।

छानबिन समितिका संयोजक अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले प्रतिवेदन गृहमन्त्री खाँणलाई बुझाएका हुन् । फागुन ९ गते राति हवाइजहाजको टिकट र भिसा नभएका व्यक्ति विमानस्थलभित्र छिरेर जहाजसम्म पुगेपछि सुरक्षामाथि प्रश्न उठेको थियो ।

गृहमन्त्रीस्तरीय निर्णयबाट फागुन १३ गते विमानस्थल सुरक्षा अवस्था तथा सुधारका उपाय सम्बन्धमा सिफारिस गर्न समिति गठन भएको थियो ।

समितिमा महासेनानी अनुप अधिकारी, प्रहरी उपरीक्षक वेद विष्ट, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, उप–अनुसन्धान निर्देशक विष्णमणि आचार्य, हवाइ सुरक्षा निर्देशक बासुदेव भट्टराई, नेपाल बायु सेवा निगमका निर्देशक अनिल घिमिरे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल तथा गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ सदस्य हुन् ।

समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने बताए ।