काठमाण्डौ : पदाधिकारी चयन र जिम्मेवारी बाँडफाँटमा विवाद भएपछि स्थगित भएको माओवादी केन्द्रीय समिति बैठक आज बस्दैछ । आन्तरिक गृहकार्य नपुगेको भन्दै हिजोको बैठक आजसम्मको लागि स्थगित गरिएको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक स्थगित गरेर विभिन्न विषयमा सहमति जुटाउने प्रयास गरिरहे पनि सहमति भइसकेको छैन ।
गएको शुक्रवारदेखि सुरु भएको बैठकमा एमसीसी, पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता दिने, स्थायी समिति गठन, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, स्थानीय तहको निर्वाचनलगायतका विभिन्न एजेन्डामा छलफल भइरहेको छ । यी एजेन्डामा सहमति जुटन नसकेपछि हिजो बस्ने बनिएको बैठक स्थगित भएको हो ।
तपाइँको प्रतिक्रीया