२०८२ असार ९ सोमबार

राशिफल

भारतीय ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु

बुटवल : कपिलवस्तुको ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको छ ।

पूर्व(पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका – ११ ओदारीमा एमपी ०८ जीए ४०६८ नम्बरको ट्रकले ठक्कर दिंदा स्थानीय अटो रिक्सा चालक २६ वर्षीय अनिल गाहा मगरको मृत्यु भएको हो ।

लु१ह १९२३ नम्बरको अटो रिक्सालाई ठक्कर दिएपछि करिब ५० मिटर परसम्म घिसार्दा गाहाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।