काठमाडौं : ओखलढुंगा र खोटाङको सिमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि २४२१ कित्ता जग्गा प्राप्तिको प्रकृया सुरु भएको छ ।
आयोजना प्रभावित क्षेत्र चिसंखुगढी गाउँपालिकाका पाँच वडाका २४२१ कित्ता जग्गा, घर, गोठ, टहरा र रुखबिरुवासमेत स्थायी रुपमा प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आज सूचना जारी गरेको हो ।
वडानम्बर १ साविकको कुइभिर गाविसका ११४९, वडानम्बर २ साविकको पोखरे गाविसका २५३ घरपरिवार, वडानम्बर ३ साविकको दियाले गाविसको ६००, वडानम्बर ६ साविकको भदौरे गाविसको ३७१ र वडानम्बर ७ साविकको माम्खा गाविसका ४८ घरपरिवारको नाममा रहेको जग्गा अधिग्रहण हुने भएको छ ।
सूचनामा उल्लिखित जग्गाको कारोबार आजैदेखि रोक्का भएको छ । र, यी जग्गामा कुनै नयाँ संरचना बनाउन पाइने छैन ।
तपाइँको प्रतिक्रीया