२०८२ असार ९ सोमबार

राशिफल

‘थ्री आर’बाट २८ हजार श्रमिकले प्रत्यक्ष लाभ लिए

काठमाण्डौं : गैरआवासीय नेपाली संघ एनआरएनएले सञ्चालन गरेको ‘थ्री आर’ अर्थात्, ‘सहायता, स्वदेश फिर्ता र पुनःस्थापना’ प्रोजेक्टमार्फत झण्डै २८ हजार श्रमिकले प्रत्यक्ष लाभ लिएका छन् ।

संघ अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले अन्तर्राष्ट्रिय दातृ निकायसँगको सहकार्यमा विदेशमा अलपत्र नेपालीका लागि चलाएको यो कार्यक्रमार्फत २७ हजार ९५६ जना श्रमिक लाभान्वित भएका हुन् ।

संघले अन्तर्राष्ट्रिय श्रम संगठन आइएलोको १० करोड आर्थिक सहयोगमा यो परियोजना सञ्चालन गरेको थियो । सन् २०२० को अगष्टदेखि सुरु भएको परियोजना २०२२ को फेब्रुअरीसम्म चलेको संघले जनाएको छ ।