२०८२ असार ९ सोमबार

राशिफल

एससीसी सम्झौता बुझाउन कांग्रेसले घर, घरमा पुस्तिका पुर्‍याउने

काठमाडौं :  नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन एससीसी सम्झौता बुझाउन नागरिकलाई घर घरमा पुस्तिका पुर्‍याउने भएको छ ।

संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको छ । पुस्तिकासहित भिडिओ पनि बनाउने क्रममा रहेको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउने उनले बताए।