काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौं बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक सुरु भएको नेताहरुले बताएका छन् ।
२० फागुनमा सुरु भएको केन्द्रीय समिति बैठक आइतबार भने बस्न सकेको थिएन ।
बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
तपाइँको प्रतिक्रीया