२०८२ असार ९ सोमबार

राशिफल

बजारमा कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । सोमबार ब्रेन्ट क्रुडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको आर्थिक डिजिटल पत्रिका ब्लुमबर्गले जनाएको छ ।

जुन सन् २००८ पछिकै उच्च बिन्दु हो । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ ।

विश्वको तेस्रो ठूलो पेट्रोलियम उत्पादक कम्पनी रुसविरुद्ध पश्चिमा मुलुकहरुको प्रतिबन्धहरु कडा हुँदै जाँदा तेलको मूल्यमा उच्च वृद्धि देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

रुसको तेल नकिन्न अमेरिकालाई चौतर्फी दबाब सृजना भइरहेका बेला कच्चा तेलको मूल्य यसैमहिना २ सय डलर पुग्ने अनुमान व्यापारीहरुले गरेका छन् ।