२०८२ असार ४ बुधबार

राशिफल

नेईएको चुनाव : केन्द्रमा सह–कोषाध्यक्षका लागि मधेसबाट १ जनाको मात्रै उम्मेद्धारी

काठमाण्डौं : नेपाल ईन्जिनियर्स एसोसिएसनको यही फागुन २७ मा हुन लागेको चुनावमा सह–कोषाध्यक्षका लागि मधेस प्रदेशबाट एक जनाको मात्रै उम्मेद्वारी परेको छ ।

नेईएको आसन्न ३३ औं अधिवेशनमा लोकतान्त्रिक इन्जिनियर्स समूहबाट मधेसी समुदायको प्रतिनिधित्व गर्दै ईन्जिनियर संजय कुमार महतोले केन्द्रीय सह–कोषाध्यक्ष पदको लागि उम्मेदवारी दिएका हुन् ।

लामो समयदेखि इन्जिनियरिङ क्षेत्रमा योगदान दिँदै आएका इन्जिनियर महतो एक सफल व्यक्तित्व हुन् । स्थायी घर जनकपुर भई हाल काठमाण्डौंको शंखमुल बस्दै आएका महतो बिगत १६ बर्षदेखि आफ्नै फर्म “Nepal Developemnt Consultants” मा संचालक रहेका छन् ।

साथै उनले विगत १६ बर्ष देखि [ Valuation] पेशा तथा अन्य इन्जिनियरिङ परामर्श कार्य गर्दै पनि आएका छन् । आफ्नो पेशा भन्दा बाहिर गएर उनले चलित्रमा समेत काम गरेको अनुभव रहेको छ । कामको दौरानमा “ पसिना “ नामक चलचित्र पनि निर्माण गरेको महतोले बताए ।

उनी मिडिया संचालक पनि हुन् । त्यति मात्र हैन विभिन्न संघ संस्थामा जोडिएर समग्र इन्जिनियरिङ पेशाको हकहितको लागि निरन्तर आवाज बुलन्द गर्दै आएका छन् ।

‘नेपाल भ्यालुयर्स एसोसिएसनको संस्थापक सचिव हुँदै उपाध्यक्ष पदमा समेत रही काम गरेका महतो मुल्यांकनकर्ताको हक, हितको लागि पनि आवाज उठाउँदै आएका छन् ।
उनले इन्जिनियरिङ क्षेत्रमा काम गर्ने सिलामा सँगालेको थुप्रै अनुभवलाई नेपाल इन्जिनियर्स एसोसिएसन मार्फत समग्र इन्जिनियरिङ क्षेत्रको व्यवस्थापनमा योगदान गर्ने महतोले एनडिसी खबरलाई जानकारी दिए ।