काठमाण्डौं : यही फागुन २७ मा हुन लागेको नेईएको चुनावमा लोकतान्त्रिक ईन्जिनियर समुह र बृहत प्रगतिशिल गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
लोकतान्त्रिक समुहबाट एउटा नेतृत्व ई. दिलिप कुमार झा र अर्को नेतृत्व ई. हरि बहादुर दर्लामीले गरेका छन् भने प्रगतिशिल गठबन्धनमा एक समुहको नेतृत्व ई.सुरज लामिछाने र अर्को समुहको नेतृत्व ई. हरिराम पराजुलीले गरेका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए)को केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्व निर्वाचन काठमाडौंमा हुँदैछ । कार्यसमितिको १२ जना सदस्यहरुको लागि ६२ जना प्रतिस्पर्धामा छन् ।
२७ गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म हुने मतदानका लागि प्रदेशअनुसार मतदान केन्द्र तोकिएका छन् ।
नेइएको ३३ औं केन्द्रीय कार्यकारिणी समितिको लागि अध्यक्षमा ५ जना भिड्दैछन् । महासचिव र सदस्यमा बाहेक ५ वटा प्यानलबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
तपाइँको प्रतिक्रीया