काठमाडौं : सरकारले गठन गरेको छानबिन समितिले संवेदनशीलताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था मजबुत नरहेको औल्याएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको जहाजमा पासपोर्ट र भिसा नभएको एक व्यक्ति पुगेपछि सरकारले छानबिन समिति गठन गरेको थियो ।
समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई आफ्नो प्रतिवेदन बुझाउँदै विमानस्थलको सुरक्षा व्यवस्था थप सुदृढ गर्न सुझाव दिएको छ ।
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई संयोजक रहेको समितिले विमानस्थलको बाहिरी र भित्री दुवैतर्फको सुरक्षा व्यवस्था थप मजबुत बनाउनुपर्ने राय दिएको हो ।
तपाइँको प्रतिक्रीया