काठमाडौं : स्थानीय तहको निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङको हुने भएको छ ।
निर्वाचन आयोगले मतपत्रमा प्रयोग हुने चुनाव चिह्नको रङ टुंगो लगाएको हो । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार २०७४ को चुनावमा सेतो कागजमा निलो रङको चिह्न थियो ।
यो पटक हरियो रङको चुनाव चिह्न हुनेछ भने स्वस्तिक छापको रङ निलो नै हुनेछ ।
तपाइँको प्रतिक्रीया