काठमाडौं : आगामी २८ फागुनदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने छ ।
हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको महाशाखाका प्रमुख डा. चुम्बनलाल दासले जानकारी दिए ।
महाशाखाका अनुसार तीन प्रकारका औषधि प्रयोग गरिने पाँच जिल्लामा मोरङ, कपिलबस्तु, दाङ, बाँके र कैलाली रहेका छन् ।
यस्तैगरी, दुई प्रकारका औषधि प्रयोग गरिने झापा, बारा, लमजुङ, पर्वत र बागलुङमा डाइथाइलकार्बामाजिन १०० एमजी औषधि दिइने छ । १० जिल्लामा करिब ६२ लाख ६३ हजार मानिसलाई औषधि दिइने छ ।
तपाइँको प्रतिक्रीया