काठमाडौं : ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४, नल्लुमा एकै परिवारको पाँच जनाको मृत्यु हुनुको कारण ‘कार्बन पोइजनिङ’ हुनसक्ने देखिएको छ ।
महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार घटनास्थलमा पुगेका पाटन अस्पतालका फरेन्सिक विज्ञले ‘कार्बन पोइजनिङ’का कारण मृत्यु भएको प्रारम्भिक जानकारी दिएका हुन् ।
अस्पतालका एक चिकित्सकका अनुसार निसास्सिएर मृत्यु हुनुलाई मेडिकलको भाषामा कार्बन पोइजनिङ भनिन्छ ।
यद्यपि, पाँच जनाको मृत्युको आधिकारिक कारण पोष्टमार्टम रिपोर्टमा मात्रै खुल्ने उनले बताए । ललितपुरका एसपी शाहका अनुसार नल्लुमा काइँली स्याङतानको परिवार गएराति खाना खाएर कोइला बालेर सुतेका थिए ।
बिहान साढे ८ बजेतिर वडाध्यक्ष तीर्थ घलानले घरमा केही व्यक्तिको मृत्यु भएको भन्दै खबर गरेपछि इलाका प्रहरी कार्यालय, कोञ्ज्योसोमबाट प्रहरी निरीक्षक दीपक रिजालको नेतृत्वमा टोली गएको थियो ।
तपाइँको प्रतिक्रीया