२०८२ जेठ २२ बुधबार

राशिफल

रुस र युक्रेनबीच तेस्रो चरणमा भएको वार्ता पनि निष्कर्षविहीन

काठमाडौं : रुस र युक्रेनबीच तेस्रो चरणको शान्ति वार्ता भएको छ ।

दुई पक्षबीच बेलारुसमा झण्डै तीन घण्टा वार्ता भएको रुसी दूतावासले जनाएको छ । तर तेस्रो चरणको वार्ताले पनि अपेक्षित परिणाम ल्याउन नसकेको मस्को र किएभका प्रतिनिधिले स्वीकार गरेका छन् ।

रुसको वार्ता टोलीका प्रमुख राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले वार्तामा राखिएको अपेक्षा पूरा हुन नसकेको बताए । छिट्टै वार्तामा जुट्न सहमत भएका छन् । यसअघि गरिएका दुई चरणका वार्तामा पनि ठोस निष्कर्ष निस्कन सकेको थिएन ।