२०८२ जेठ २२ बुधबार

राशिफल

खप्तड गोल्डकपमा आज मच्छिन्द्र फुटबल क्लब र वाग्मती क्लब खेल्दै

काठमाण्डौ :  सुदूरपश्चिम खप्तड गोल्डकपमा आज मच्छिन्द्र फुटबल क्लब र वाग्मती क्लब खेल्दैछन् । ‘ए’ डिभिजनको च्याम्पियन मच्छिन्द्र र वाग्मतीबीच क्वाटर फाइनल खेल धनगढी रङ्गशालामा दिउँसो ४ बजे सुरु हुनेछ ।

मच्छिन्द्रले सिधै क्वाटर फाइनल खेल खेल्न लागेको हो ।वाग्मतीले आफ्नो पहिलो खेलमा न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा हराएको थियो । आजको खेलमा महिलालाई प्रवेश नि:शुल्क गरिएको छ ।

नारी दिवसका अवसरमा आजको खेलमा महिलालाई प्रवेश नि:शुल्क गरिएको आयोजक सुदूरपश्चिम ११ स्पोर्टस् क्लबले विज्ञप्ति निकालेर जनाएको छ । प्रतियोगितामा दुई फरक टिकट दर छ । विद्यार्थीका लागि १ सय र अरुका लागि १ सय ५० रुपैयाँ तोकिएको छ ।