२०८२ असार ९ सोमबार

राशिफल

आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डौ :  आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्लारा जेट्कनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको छ । आज नेपालमा पनि विविध कार्यक्रम हुँदैछन् ।

नेपालको संविधानले नै महिलाका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरे पछि अहिले राजनीतिमा महिलाको सक्रियता बढ्दै गएको छ । उत्पीडन, जनजाति, आदिवासी, दलित, पिछडिएका वर्ग आदि महिलाका लागि चुनावमा थप आरक्षणको व्यवस्था गरिएको छ ।

महिलाका नाममा घरजग्गा पास गर्दा कम राजश्व तिरे हुने व्यवस्था गरिएको छ । यसले महिलामा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक चेतनाको विकास गर्न सहयोग गरेको छ ।

सङ्ख्यात्मक रूपमा नेतृत्व तहमा पुग्ने महिला कम भए पनि विकास निर्माणसँगै सामाजिक विकृति रोक्न र महिलाका पक्षमा उनीहरूले उदाहरणीय काम गरेका छन् । देशभरका सात सय ५३ स्थानीय तहमध्ये १८ वटामा मात्रै महिलाको नेतृत्व छ ।