२०८२ असार ९ सोमबार

राशिफल

नागार्जुनमा ५ जना बेहोस र १ जना मृत अवस्थामा फेला

काठमाण्डौ :  काठमाण्डौको नागार्जुनमा बेहोस अवस्थामा भेटिएका पाँच जनामध्ये एक जनाको ज्यान गएको छ । अरु चार जनाको उपचार भइरहेको छ ।

नागार्जुन नगरपालिका ६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिएका र काठमाण्डौ महानगरपालिका डल्लु स्थायी घर भइ डेरामा रामकोट बस्दै आएका ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा ज्यान गएको महानगरीय प्रहरी कार्यालय काठमाण्डौले जनाएको छ ।

गम्भीर घाइते चार जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । घटनास्थलमा विषको बट्टा भेटिएको र थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।