२०८२ असार ९ सोमबार

राशिफल

मध्यरातमा तोडफोड गर्ने ३ व्यक्ति पक्राउ

काठमाडौं : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका १ अम्रेनीमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा व्यास  ५ स्थायी घर भइ व्यास ४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका ३ स्थायी घर भइ व्यास ३ का १८ वर्षीय अन्जन पुलामी र व्यास ५ का २२ वर्षीय रोशनकुमार श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूलाई दमौली बजारबाट हिजो पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको छ। आइतवार राति डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग १ क २६६३ नं को मिनीट्रकलाई मोटरसाइकल र स्कुटरमा आउँदै गरेका युवाहरूले रोकी चालक रेखबहादुर थापालाई कुटपिट गरेका थिए ।