२०८२ असार ९ सोमबार

राशिफल

भक्तपुरमा १ जनाको हत्या

काठमाण्डौं : भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–७ स्थित बागरेमा महिलाको हत्या भएको छ । करिब ३५–४० वर्षकी महिला हत्या गरिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताए ।

मृतकको पहिचान खुलेको छैन । बागरेस्थित खेतमा बनाएको टिनको टहरोमा उनी मृत अवस्थामा भेटिएकी हुन् । मृतकको घाँटीको अगाडिको भागमा हतियारको गहिरो चोट छ ।