काठमाडौं : नेकपा माओवादी केन्द्रले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावका लागि पार्टीको सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको छ । सोमबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको सम्पूर्ण शक्ति चुनावमा लगाउने निर्णय गरेको हो ।
त्यसका लागि माओवादीले प्रदेश इन्चार्जहरू तोकेको छ भने सोही इन्चार्ज मातहत रहने गरी सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य सम्मिलित समितिले प्रदेशका जिल्लाहरूलाई समेटेर चुनावी कमाण्डहरु बनाउने छ । सो कमाण्डले पुन: स्थानीय तहसम्म सहायक कमाण्डहरु बनाएर चुनावमा होमिने गरी पार्टीले निर्णय गरेको एक नेताले जानकारी दिए ।
चुनावका लागि माओवादीले विभिन्न ८ वटा योजना बनाएर दुई महिने अभियान चलाउने निर्णय गरेको छ ।
तपाइँको प्रतिक्रीया