काठमाडौं : भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ स्थित बागरेमा महिलाको हत्या भएको छ । करिब ३५–४० वर्षकी महिला हत्या गरिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताए ।
बागरेस्थित खेतमा बनाएको टिनको टहरोमा उनी मृत अवस्थामा भेटिएकी हुन् । मृतकको घाँटीको अगाडिको भागमा हतियारको गहिरो चोट छ । मृतकको परिचय खुलेको छैन ।
शव पोष्टमार्टमका लागी दुवाकोट स्थित केएमसी अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।
तपाइँको प्रतिक्रीया