२०८२ असार ९ सोमबार

राशिफल

सुर्खेत विमानस्थल बिस्तारको च्याप्टर नै क्लोज

काठमाडौं :  सुर्खेत विमानस्थलको बिस्तार गर्ने भनेर पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले सोच बनाए पनि जीवनबहादुर शाही नेतृत्वको सरकारले भने विमानस्थल विस्तार गर्ने ‘च्याप्टर क्लोज’ गरिदिएको छ । आइतबार वीरेन्द्रनगरमा गरिएको एक छलफल कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीले अहिलेको विमानस्थललाई विस्तार गर्नुभन्दा अन्य विकल्प खोजिनुपर्ने अभिव्यक्ति दिए ।

विमानस्थल पुन: बिस्तार सम्बन्धमा भएको विवादका कारण नागरिकले दु:ख पाएको बताउँदै मुख्यमन्त्री शाहीले भने,‘जग्गा पुन: जाने डर जग्गाधनीमा छ । नागरिक त्रसित भएकाले नयाँ विकल्प नभएसम्म विमानस्थल बिस्तार हुँदैन । अहिले जे छ, त्यसमै सीमित राखौँ, यसमा कुनै सम्झौता हुँदैन ।

मुख्यमन्त्री शाहीले ठूला जहाज अवतरण गर्ने नयाँ डोमेस्टिक खालको विमानस्थलका लागि सम्भाव्यता अध्ययन भने गर्ने बताए ।