२०८२ असार ४ बुधबार

राशिफल

नेईएको चुनाव : परिपक्व, अनुभवी ईन्जिनियर बस्नेतले दिए महासचिवमा उम्मेद्वारी

काठमाण्डौं  : नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनाव हुन अब ४ दिन मात्र बाँकी रहेको छ । यसबीचमा विभिन्न समुहका उम्मेद्वारहरु चुनावकेन्द्रीत हतारोमा देखिन्छन् ।

विगतमा ६ पटकसम्म रोकिएर बल्ल चुनाव हुन लागेपछि अहिले उम्मेद्वारहरु निकै हर्षित छन् । कहिले चुनावकेन्द्रित प्रचारप्रसारमा विभिन्न प्रदेशमा पुगेका छन् त कहिले ईन्जिनियरहरुको घर, घरमा पुगेर मत माग्छन् ।

केही उम्मेद्वारले सामाजिक संजाल फेसबुक तथा विभिन्न संचारमाध्ययमबाट मत दिन अपिल गरिरहेका छन् भने कतिपय प्रदेशमै पुगेर मत मागरिहेका भेटिन्छन् । चुनावी मैदानमा पाँच समु्हको हावी भएको देखिन्छ ।

जसमा लोकतान्त्रिक ईन्जिनियर समुह पनि जोडबलका साथ चुनावी मैदानमा होमिएको छ । ई. दिलिपकुमार झा नेतृत्वको उक्त समुह चुनावको तयारीमा सक्रियताका साथ लागि परेको छ । जुन प्यानलबाट अग्रज ई.कृष्ण सिंह बस्नेतले पनि महासचिव पदमा आफ्नो उम्मेद्वारी दिएका छन् ।

लामो समयदेखि इन्जिनियरिङ क्षेत्रमा योगदान पुर्याउँदै आएका इन्जिनियर बस्नेत एक सफल व्यक्तित्वको रुपमा चिनिन्छिन् । स्थायी घर गोर्खा जिल्ला भई हाल खुमलटार बस्दै आएका बस्नेतले बिगत २० बर्षदेखि नेपाल ईन्जिनियर्स एसोसिएसनमा आवद्ध भएर काम गरिरहेको एनडिसी खबरसँग कुरा गर्दै बताए ।

ईन्जिनियरिङ क्षेत्रमा निरन्तर आवाज बुलन्द गरिरहने उनले नेपाल इन्जिनियर्स एसोसिएसनको आसन्न ३३ औं अधिवेशनमा लोकतान्त्रिक इन्जिनियर्स समूहबाट महासचिव पदको लागि उम्मेदवारी दिएका हुन् ।

साथै उनले इन्जिनियर एसोसिएसनको विभिन्न समितीमा रहेर आम ईन्जिनियरको हक हितमा काम गर्दै आएका छन् । उनले ३० औं कार्यकारणी समितीमा सदस्य भएर टेक्निकल कमिटी संयोजकको भुमिकामा रही नेइएको सम्मेलन पनि सम्पन्न गरे ।

भारत, पाकिस्तान, श्रीलंका, भुटान, न्युजिल्याण्ड, जापानलगायतका देशहरुबाट नेपालमा भुकम्प गएको समयमा आर्थिक सहयोग संकलन गरी आम ईन्जिनियरहरुका लागि आफु संयोजकको रुपमा रहेर तालिम सञ्चालन गरेका थिए । सो पश्चात देशव्यापी रुपमा ईन्जिनियरहरु परिचालन गरेर भुकम्पमा भवन सम्बन्धी काम गरे ।

नेपाल सरकारमा सडक बोर्डको कार्यकारी निर्देशक हुँदा योजनाबद्ध रुपमा सडक निकायका लागि बजेट व्यवस्थापन गर्न सम्बन्धित निकायसँग पहल गरेर पर्याप्त बजेट उपलब्ध गराई उपत्यका तथा अन्य ठाउँहरुमा सडकको मुहार परिवर्तन गर्न सफल भएको उनले बताए ।

इन्जिनियरिङ स्टक्चरमा पुल्चोक क्याम्पसबाट मास्टर्स गरेका कृष्ण सिंह बस्नेतले हाल अन्तराष्ट्रिय संघसंस्थामा इन्जिनियरिङ परामर्श पनि दिइरहेका छन् । उनले इन्जिनियरिङ क्षेत्रमा काम गर्ने सिलसिलामा सँगालेको अनुभवलाई नेपाल इन्जिनियर्स एसोसिएसन मार्फत समग्र इन्जिनियरिङ क्षेत्रको व्यवस्थापनमा योगदान गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

  **********ईन्जिनियर कृष्ण सिंह बस्नेतको उम्मेद्वारी किन ?************

१. इन्जिनियरिङ पेसामा आचारसंहिता र यसको मर्यादालाई गुणस्तरको अभिवृद्धी गर्न नेपाल ईन्जनियरिङ परिषदसँग भईरहेको सहकार्यलाई निरन्तरता दिन ।

२.ईन्जिनियरहरुको आफ्नो क्षेत्रमा सिप तथा क्षमता वृद्धी अध्यावधिक गर्न नियमित केन्द्रीय प्रादेशिक तथा स्थानीय तहमा तालिम संचालन गर्न ।

३.नेपाल सरकारमा कार्यरत ईन्जिनियरहरुको वृति, विकास, क्षमता वृद्धि तथा सेवा सुविधाहरुको सुधार गर्नेतर्फ क्रियाशिल रहने ।

४. विषयगत क्षेत्रमा विशेशज्ञता र दक्षता हाँसलि गरेका वरिष्ठ तथा सेवा निवृत्त ईन्जिनियरहरुलाई समानजनक रुपमा काम गर्ने अवशर सिर्जना गर्न ।

५.निजी क्षेत्रमा कार्यरत ईन्जिनियरहरुलाई न्युनतम सरकारीसरहको तलब प्राप्त गराउँन पहल गर्न ।

६. ईन्जिनियरिङ स्टाफ कलेजको स्थापना नहुन्जेल नेईएमा हाम्रो समुहले स्थापना गरेको [CENTER FOR CONTINUING ENGINEERING EDUCATION] बेरोजगार ईन्जिनियरहरुकोे समस्यालाई सम्बोधन गर्न नेईएभित्र रोजगारी, सुचना आदनप्रदान तथा केन्द्र स्थापना गर्नुका साथै COUNSEELING विशेष व्यवस्था मिलाई प्रभावकारितका साथ सञ्चालनमा ल्याउँन ।

७. ईन्जिनियरिङ रोजगारी बढाउन सरकारी तथा निजि क्षेत्रका विभिन्न निकायमा अधिकतम रुपमा दर्वन्दी सिर्जना गर्न ।

८.शैक्षिक संस्थाहरुले रोजगारदाताहरुको सहकार्यमा प्रत्येक वर्ष रोजगारी सम्बन्धी सहजकर्ताको भुमिका निर्वाह गर्न ।

९.विकास कार्यमा संलग्न ईन्जिनियरहरुलाई मानसिक दवाव दिने, अपहरण, हत्या जस्ता अमानवीय क्रियाकलाप हुन नदिन विशेष रुपमा प्रयासरत रहने ।

१०. नेपाल ईन्जिनियर्स एसोसिएसनलाई निति निर्माणको उच्च तहमा केन्द्रीय प्रादेशिक तथा स्थानीय तहमा संस्थागत प्रतिनिधित्व गराउँन दवाव दिने ।

११.नेपालका सबै तह र क्षेत्रमा कार्यरत ईन्जिनियरहरुको वृति विकाश तथा पेसागत मर्यादाको विकास गर्न छुट्टै ऐन निर्माण गर्ने ।

१२. सबै प्रादेशिक केन्द्रहरुमा नेईएको भवन निर्माण गर्न पहल गर्ने ।

१२. नेपालमा भएका राष्ट्रिय स्तरका विकाश आयोजनाको अभिलेख राख्न ।

१३. प्रादेशिक खालका राष्ट्रिय मुद्धाको कार्यान्वयनमा ईन्जिनियरहरुको सुझाव तथा सल्लाह उपलब्ध गराई त्ज्क्ष्ल्प् त्ब्ल्प् को रुपमा कार्य गर्ने ।

बस्नेतले फागुन २७ मा हने निर्वाचनमा सम्पुर्ण इन्जिनियर मतदाताहरुलाई आफ्नो अमुल्य मत दिएर बिजयी गराउँन अपिल गरेका छन् ।

इन्जिनियर दिलीप कुमार झा ले नेतृत्व गरेको लोकतान्त्रिक इन्जिनियर्स समूहमा ई. ऋषि कोइराला, ई. कृष्णसिंह बस्नेत, ई. सुधिर गुरागाईं, आ. रमिता श्रेष्ठ, ई. संजय कुमार महतोलगायतका दिग्गज व्यक्तिहरुको संलग्नता रहेको छ ।

लोकतान्त्रिक इन्जिनियर्स समूहलाई सबै विधागत प्रतिनिधित्व हुनेगरी व्यावसायिक प्यानलको रुपमा अघी सारिएको हो ।