काठमाडौं : तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिका १ केउरेनी, डाँडाखर्कमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोँही ठाउँ बस्ने बर्ष २२ का किशोरकुमार विश्वकर्मा रहेका छन् । म्याङलुङ बजारबाट घर फर्कने क्रममा प्रदेश १-०२-००३ त १२१२ नम्बरको ट्याक्टर सोमबार राति ८ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा सहचालक महेशकुमार विश्वकर्माको दाहिने खुट्टा भाचिएको छ । उनलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । ट्याक्टर दुर्घटना स्थलबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक सुवास विश्वकर्मा प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।
तपाइँको प्रतिक्रीया