२०८२ असार ९ सोमबार

राशिफल

दाङमा लेनदेन र रुख कटान मुद्दामा फरार २ व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौं :  दाङमा प्रहरीले लेनदेन र रुख कटान मुद्दामा फरार रहेको २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लेनदेन मुद्दाका लमही नगरपालिका ५ का ५० वर्षीय जीवन थापा मगर र रुख कटान मुद्दाका लमही नगरपालिका  ९ का ३३ वर्षीय प्रमोद विक रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लेनदेन मुद्दामा दोषी ठहर भएका थापालाई देउखुरी जिल्ला अदालतले दुई वर्ष र रुख कटानमा मुद्दामा दोषी ठहर विकलाई ९ दिनको जेल सजायको फैसला गरेको थियो ।