२०८२ असार ९ सोमबार

राशिफल

मधेस प्रदेश सरकारले खरिद गरेका बस नचलाउने निर्णय

काठमाडौं :  मधेस प्रदेश सरकारले खरिद गरेका बस नचलाउने भएको छ । वीरगञ्ज–सप्तरी चलाउन खरिद गरेका पाँच वटा बस मधेस प्रदेश मन्त्रिपरिषद् बैठकले नचलाउने निर्णय गरेको हो ।

ती बस विभिन्न संस्थानलाई दिने निर्णय गरिएको मधेस प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिनुभयो । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई वटा, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई एकरएक वटा बस दिने निर्णय भएको छ ।

मधेस प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा प्रदेश परिवहन स्थापना गर्ने लक्ष्यका साथ बस खरिद गरेर ल्याएको थियो । तत्कालीन मन्त्री जितेन्द्र सोनलले २०७७ सालको धनतेरसका दिन ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा ५ वटा बस खरिद गरी ल्याएको थियो । ती बस जनकपुर चुरोट कारखानामा राखिएको थियो ।

खरिद गरेका बसलाई जनकपुरधाम–वीरगञ्ज, जनकपुरधाम–राजविराज रुटमा सञ्चालन गर्ने योजना थियो । तर बस चलाउदा खर्च धेरै हुने भएकाले विभिन्न सङ्घ संस्थालाई दिने निर्णय गरिएको मन्त्री साहले बताए ।