काठमाण्डौं : नेपाल ईन्जिनियर्स एसोसिएसनकोे ३३ औं कार्यकारिणी समिती तथा नेपाल ईन्जिनियरिङ परिषदको निर्वाचन केन्द्रित बृहत ईन्जिनियर भेला हुने भएको छ।
भेला आज अपरान्ह ४ बजे काठमाण्डौंको कालोपुल नजिकै आयोजना गरिने भएको नेईएको चुनावमा लोकतान्त्रिक समुहबाट उपाध्यक्ष पदको प्रत्याशी ऋषि काईरालाले जानकारी दिए ।
उनका अनुसार भेलामा निर्वाचन केन्द्रित एजेण्डामा छलफल तथा अन्तरक्रिया हुनेछ ।
आगामी फागुन २७ मा हुन लागेको निर्वाचनलाई मध्यनजर गर्दै आयोजना गरिएको भेलामा लोेकतान्त्रिक ई. समुहमा आवद्ध रहेका उम्मेद्वार तथा नयाँ ईन्जिनियरहरु गरी करीब १ हजारको हाराहारीमा उपस्थित हुने आंकलन गरिएको छ ।
उक्त भेलाको आयोजक लोकतान्त्रिक ईन्जिनियर समुह रहेको छ ।
तपाइँको प्रतिक्रीया