२०८२ असार ४ बुधबार

राशिफल

लोकतान्त्रिक ईन्जिनियर समुहबाट कोषाध्यक्षमा रमिता श्रेष्ठको उम्मेद्वारी

काठमाण्डौं  : नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनाव हुन अब २ दिन मात्र बाँकी रहेको छ । यसबीचमा विभिन्न समुहका उम्मेद्वारहरु चुनावकेन्द्रीत हतारोमा देखिन्छन् । विगतमा ५ पटकसम्म रोकिएर बल्ल चुनाव हुन लागेपछि अहिले उम्मेद्वारहरु निकै हर्षित छन् ।

कहिले चुनावकेन्द्रित प्रचारप्रसारमा विभिन्न प्रदेशमा पुगेका छन् त कहिले ईन्जिनियरहरुको घर, घरमा पुगेर मत माग्छन् । केही उम्मेद्वारले सामाजिक संजाल फेसबुक तथा विभिन्न संचारमाध्ययमबाट मत दिन अपिल गरिरहेका छन् भने कतिपय प्रदेशमै पुगेर मत मागरिहेका भेटिन्छन् ।

चुनावी मैदानमा पाँच समु्हको हावी भएको देखिन्छ । जसमा लोकतान्त्रिक ईन्जिनियर समुह पनि जोडबलका साथ चुनावी मैदानमा होमिएको छ ।

ई. दिलिपकुमार झा नेतृत्वको उक्त समुह चुनावको तयारीमा सक्रियताका साथ लागि परेको छ । जुन प्यानलबाट आर्किटेक्ट रमिता श्रेष्ठले पनि कोषाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी दिएका छिन् । लामो समयदेखि इन्जिनियरिङ क्षेत्रमा योगदान पुर्याउँदै आएकी आर्किटेक्ट श्रेष्ठ एक सफल व्यक्तित्वको रुपमा चिनिन्छिन् ।

स्थायी घर काठमाण्डौं भएकी श्रेष्ठले बिगत १५ बर्षदेखि सहरी विकास मन्त्रालयमा कार्यरत थिइन् । हाल सिनियर डिभिजनल ईन्जिनियरको पदमा रही एडिबी र नेपाल सरकारको लगानीमा सञ्चालित बागमती सुधार आयोजनाको उपनिर्देशकको रुपमा समेत कार्यरत रहेकी छिन् ।

विगतमा क्षेत्रिय सहरी विकास समाजमा पनि कोषाध्यक्षको भुमिका निर्वाह गरिसकेको उनले बताईन् । ईन्जिनियरहरुको पेसागत समस्याको नितिगत समाधान गर्ने प्रबिद्धता सहित उनले कोषाध्यक्षमा उम्मेद्वारी दिएको उनको भनाई छ ।

साथै उनले यही फागुन २७ मा हुन लागेको आसन्न निर्वाचनमा अमुल्य मत दिएर कोषाध्यक्षमा बिजयी गराउँन अपिल गरिन् ।

health

आफु बिजयी भएको खण्डमा ईन्जिनियरहरुको क्षमता विकास गर्ने, पेसागत हकहितका लागि आवाज उठाउँने, बेरोजगार ईन्जिनियरहरुलाई रोजगारीको व्यवस्था गर्न पहल गर्ने, नयाँ ईन्जिनियरहरुका लागि क्षमता विकास गर्न नेईएबाट तालिमको व्यवस्था मिलाउँने, नेईएलाई ईन्जिनियरहरुको पेसागत हकहितको लागि कार्य गर्ने सबल संस्थाको रुपमा विकास गर्न योगदान पुर्याउने उनको प्रतिबद्धता रहेको छ ।