२०८२ असार ४ बुधबार

राशिफल

लोकतान्त्रिक समुहलाई बिजयी गराउन पूर्वअध्यक्षहरुले गरे माग

काठमाण्डौं : नेपाल ईन्जिनियर्स एसोसिएसनको आसन्न निर्वाचनमा ई.दिलिपकुमार झा नेतृत्वको लोकतान्त्रिक समुहलाई बिजयी गराउँन पूर्वअध्यक्ष सहितका व्यक्तिहरुले मत दिन अपिल गरेका छन् ।

एसोसिएससनको यही फागुन २७ मा हुन लागेको निर्वाचनमा ई. झा ले नेतृत्व गर्नुभएको लोकतान्त्रिक ईन्जिनियर समुहलाई नेइएका ६ जना पूर्व अध्यक्षहरु ई. चेतन भट्टराई, आ.प्र. डा. जिवराज पोखरेल, ई. किश्वर शाख्य, ई. हरिवम श्रीवास्तव, ई. डा. हरेराम श्रेष्ठ, ई. ध्रुब थापा लगायतका व्यक्तिहरुले समर्थन गर्दै मत दिएर बिजयी गराउन अपिल गरेका हुन् ।

यसपटक दिलीप कुमार झा नेतृत्वको लोकतान्त्रिक इन्जिनियर समूह नेतृत्वको प्यानलबाट उपाध्यक्ष पदमा ई.ऋषि कोइराला, महासचिवमा ई. कृष्णसिंह बस्नेत, उपमहासचिवमा ई. सुधिर गुरागाईं, कोषाध्यक्षमा आ. रमिता श्रेष्ठ, सहकोषाध्यक्षमा ई. संजय कुमार महतोको लगायतका व्यक्तिहरुको उम्मेदवारी रहेको छ ।