२०८२ जेठ २१ मङ्गलबार

राशिफल

लोकतान्त्रिक समुहको बृहत ईन्जिनियर भेला सकियो

काठमाण्डौं : नेपाल ईन्जिनियर्स एसोसिएसनकोे ३३ औं कार्यकारिणी समिती तथा नेपाल ईन्जिनियरिङ परिषदको निर्वाचन केन्द्रित बृहत ईन्जिनियर भेला सम्पन्न भएको छ। काठमाण्डौंको कालोपुल नजिकै आयोजित भेला एक कार्यक्रकाबीच चुनावकेन्द्रित अन्तरक्रिया तथा छलफल गरेर सकिएको हो ।

भेलामा लोकतान्त्रिक समुहमा आवद्ध उम्मेद्वार तथा मतदाता ईन्जिनियरहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागी उम्मेद्वारहरुले मतदाता ईन्जिनियरहरु समक्ष अमुल्य मत दिएर बिजयी गराउँन अपिल गरेका थिए ।

आगामी फागुन २७ मा हुन लागेको निर्वाचनलाई मध्यनजर गर्दै आयोजना गरिएको भेलामा लोेकतान्त्रिक ई. समुहमा आवद्ध रहेका उम्मेद्वार तथा नयाँ ईन्जिनियरहरु गरी करीब ८ सयको हाराहारीमा उपस्थिती थियो।