२०८२ जेठ २१ मङ्गलबार

राशिफल

लोकतान्त्रिक इन्जिनियर समूहको निर्वाचन तयारी पूरा

काठमाडौं  :  लोकतान्त्रिक इन्जिनियर समूहले निर्वाचनको लागि आफ्नो तयारी पूरा भएको बताएको छ ।  राजधानीमा आज आसन्न निर्वाचन सम्बन्धमा पत्रकार सम्मेलन गरेर आफ्नो समुहको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।

लोकतान्त्रिक इन्जिनियर समूहमा मतदान, इन्जिनियरिङ समस्याको समाधान’ नारा सहित फागुन २७ मा सम्पन्न हुन लागेको नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक इन्जिनियर समूह चुनावको तयारीमा लागेको थियो ।

नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्वअध्यक्षहरु डा. हरेराम श्रेष्ठ, ई. जीवराज पोखरेल, ई. ध्रुव थापा, ई. किशोर शाक्य लगायतको समर्थन पाएको ई. दिलीप कुमार झा नेतृत्वको प्यानलले नयाँ सोच र लामो अनुभव दुवै समेटेका विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी उम्मेदवारहरुको समावेशी तवरले सन्तुलन मिलाएको छ ।

यसपटक दिलीप कुमार झा नेतृत्वको लोकतान्त्रिक इन्जिनियर समूह नेतृत्वको प्यानलबाट उपाध्यक्ष पदमा ई. ऋषि कोइराला, महासचिवमा ई. कृष्णसिंह बस्नेत, उपमहासचिवमा ई. सुधिर गुरागाईं, कोषाध्यक्षमा आ. रमिता श्रेष्ठ, सहकोषाध्यक्षमा ई. संजय कुमार महतो लगायतका दिग्गज व्यक्तिहरुको संलग्नता रहेकोे छ ।