२०८२ असार ९ सोमबार

राशिफल

कुखुराको खोरमा चितुवा भेटिएपछि…………………..

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ मा कुखुराको खोरमा अड्किएको अवस्थामा चितुवा फेला परेको छ ।

खोरमा खुट्टा अड्किएको अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय हात्तीसारको टोलीले उद्धार गरेको छ ।

सो चितुवालाई उद्धार गरेर सदर चिडियाखाना जावलाखेल पठाइएको महानगरीय प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।

गएराति करिब नौ बजेतिर चितुवा अड्किएको अनुमान छ । सो चितुवालाई करिब १२ घण्टा पछाडि आज बिहानमात्र उद्धार गरिएको छ ।