काठमाडौं : नेपाल इन्जिनियर्स एशोसिउनको ३३ औं केन्द्रीय कार्यकारिणी समितिमा नयाँ नेतृत्व चयनका लागि चुनावी माहोल तातिएको छ । आगामी फागुन २७ गते नेपाल इन्जिनियर एशोशिएसनको निर्वाचन तय भएकाले इन्जिनीयले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।
यसपटकको ३३ औं कार्यसमिति निर्वाचनको लागि ई. सञ्जय कुमार महतोले केन्द्रीय सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । महतोले लोकतान्त्रिक इन्जियर समूहको दिलीप कुमार झा प्यानलबाट सह कोषाध्यक्षका लागि उम्मेदवारी दिएका हुन् ।
महतोको उम्मेद्वारी किन ?
१. संस्थागत सुधारका लागि पहल गर्न ।
२. इन्जिनियरको क्षमता अभिवृद्धिमूलक कार्यक्रम गर्न ।
३.नेपाल सरकारमा कार्यरत ईन्जिनियरहरुको वृति, विकास, क्षमता वृद्धि तथा सेवा सुविधाहरुको सुधार गर्नेतर्फ क्रियाशिल रहने ।
४. विषयगत क्षेत्रमा विशेशज्ञता र दक्षता हाँसलि गरेका वरिष्ठ तथा सेवा निवृत्त ईन्जिनियरहरुलाई समानजनक रुपमा काम गर्ने अवशर सिर्जना गर्न ।
५.निजी क्षेत्रमा कार्यरत ईन्जिनियरहरुलाई न्युनतम सरकारीसरहको तलब प्राप्त गराउँन पहल गर्न ।
६. ईन्जिनियरिङ स्टाफ कलेजको स्थापना नहुन्जेल नेईएमा हाम्रो समुहले स्थापना गरेको [CENTER FOR CONTINUING ENGINEERING EDUCATION] बेरोजगार ईन्जिनियरहरुकोे समस्यालाई सम्बोधन गर्न नेईएभित्र रोजगारी, सुचना आदनप्रदान तथा केन्द्र स्थापना गर्नुका साथै COUNSEELING विशेष व्यवस्था मिलाई प्रभावकारितका साथ सञ्चालनमा ल्याउँन ।
७. ईन्जिनियरिङ रोजगारी बढाउन सरकारी तथा निजि क्षेत्रका विभिन्न निकायमा अधिकतम रुपमा दर्वन्दी सिर्जना गर्न ।
८.शैक्षिक संस्थाहरुले रोजगारदाताहरुको सहकार्यमा प्रत्येक वर्ष रोजगारी सम्बन्धी सहजकर्ताको भुमिका निर्वाह गर्न ।
९.विकास कार्यमा संलग्न ईन्जिनियरहरुलाई मानसिक दवाव दिने, अपहरण, हत्या जस्ता अमानवीय क्रियाकलाप हुन नदिन विशेष रुपमा प्रयासरत रहने ।
१०. नेपाल ईन्जिनियर्स एसोसिएसनलाई निति निर्माणको उच्च तहमा केन्द्रीय प्रादेशिक तथा स्थानीय तहमा संस्थागत प्रतिनिधित्व गराउँन दवाव दिने ।
११.नेपालका सबै तह र क्षेत्रमा कार्यरत ईन्जिनियरहरुको वृति विकाश तथा पेसागत मर्यादाको विकास गर्न छुट्टै ऐन निर्माण गर्ने ।
१२. सबै प्रादेशिक केन्द्रहरुमा नेईएको भवन निर्माण गर्न पहल गर्ने ।
१२. नेपालमा भएका राष्ट्रिय स्तरका विकाश आयोजनाको अभिलेख राख्न ।
१३. विभिन्न सामाजिक गतिविधिहरुमा क्रियाशिल रहँदा मैले प्राप्त अनुभवलाई सामुहिक हितमा योगदान गर्न ।
१४. सबै इन्जिनियरहरुको साझा प्लेटफर्मको रुपमा यस संस्थाको गरिमालाई अझ उचाईमा पुर्याउन ।
१५. संस्था मातहत प्रविधिको प्रयोग गर्न ।
१६. एसोसिएसनको चुस्तदुरुस्त आर्थिक व्यवस्थापन लगायत क्रियाकलापहरुलाई मध्यनजर गर्दै काम गर्न ।
१७. पेसागत हकहितका लागि आवाज उठाउँने ।
१८. बेरोजगार ईन्जिनियरहरुलाई रोजगारीको व्यवस्था गर्न पहल गर्ने ।
१९. नयाँ ईन्जिनियरहरुका लागि क्षमता विकास गर्न नेईएबाट तालिमको व्यवस्था मिलाउँने ।
साथै समयक्रम अनुसार इन्जिनियरहरुका आवश्यकता के छन् भन्ने कुरा पहिचान गरेर सोहीबमोजिम समाधान वा सहजीकरण गर्ने कार्यमा म सदैव क्रियाशिल रहने उनले बताए ।
निर्वाचनमा चारवटा समूहले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएको घोषणा गरिसकेका छन् । जसमध्ये लोकतान्त्रिक इन्जिनियर समूह, एकीकृत प्रगतिशील इन्जिनियर समूह, वृहत राष्ट्रिय प्रगतिशिल गठबन्धन र लोकत्रान्त्रिक समूह चुनावी मैदानमा छन् ।
केन्द्रीय चुनावसँगै सातै वटा प्रदेशमा समेत निर्वाचन हुने भएको छ । लोकतान्त्रिक इन्जिनियर समूहबाट केन्द्रमा इन्जिनियर दिलिपकुमार झा नेतृत्वको प्यानल बनेको छ भने बागमती प्रदेशमा इन्जिनियर जीवनकुमार श्रेष्ठ नेतृत्वको प्यानल बनेको छ ।
तपाइँको प्रतिक्रीया