काठमाण्डौं : प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा भक्तपुरबाट २ जना पक्राउ परेका छन् ।
सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने सुनसरी रामधुनी नगरपालिका घर भएका २५ वर्षीय बाबुराम कोइरालासहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी बा।३९ प ३७३९ नम्बरको मोटरसाइकलमा सल्लाघारीबाट जगातीतर्फ आउँदै गरेका उनीहरूलाई ट्राफिक प्रहरी कार्यालय सल्लाघारीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा प्रहरीमाथि नै हातपात गरेपछि पक्राउ गरेको हो ।
तपाइँको प्रतिक्रीया