काठमाण्डौं : जयनगर कुर्था रेल्वेबारे सरकारले आवश्यक निर्णय लिए तत्काल सेवा सञ्चालन गर्ने सक्ने नेपाल रेल्वे कम्पनीले बताएको छ ।
जयनगर कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गत पुसमा नै रेल परीक्षण भइसकेको छ । यात्रु आवागमनको लागि भने रेल सञ्चालनमा आएको छैन ।
यसै सन्दर्भमा नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले रेल्वे सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएकाले सरकारले चाहे तत्काल रेल सञ्चालन गर्न सक्ने बताएका हुन् ।
उनले रेल्वे सेवा सञ्चालन गर्ने विषयमा सरकार सकारात्मक रहेको जानकारी दिए ।
तपाइँको प्रतिक्रीया