२०८२ असार ९ सोमबार

राशिफल

बुढो रुख बचाउन आयोगले चुनाव चिन्ह हरियो बनायो : ओली

काठमाण्डौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाएका छन् ।

मोरङको रंगेलीमा आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै ओलीले यस्ता बताएका हुन् । ‘अब काँग्रेसमा लागेर केही काम छैन । काँग्रेस बिस्तारै बिस्तारै बुढो हुँदैछ । बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो,’ ओलीले भने, ‘चुनाव चिन्ह हरियो हुँदा काँग्रेस बौरिँदैन ।’