काठमाण्डौं : दैनिक एक सयभन्दा कम सङ्क्रमित भेटिँदै गएकोमा पछिल्ला दुई दिन सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
१० हजार ९२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६८ तथा एन्टिजेन विधिबाट १५६ जनामा सङ्क्रमण पुष्टि भएको छ । मंगलबार १ सय ९४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
तपाइँको प्रतिक्रीया