काठमाण्डौं : नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तरुण दल काँग्रेसको लागि लड्ने हतियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका छन् ।
नेपाल तरुण दल, तनहुँले आयोजना गरेको आगामी निर्वाचनमा नेपाल तरुण दल तनहुँको भूमिका, काँग्रेस तनहुँमा हार्दिकता र एकता विषयको अन्तरक्रियात्मक गोष्ठीमा नेता पौडेलले तरुण दलले भोलिको देश चलाउने बताएका हुन् ।
उनले काँग्रेसलाई बलियो बनाउनका पार्टीको मेरुदण्ड मानिएको तरुण दललाई पनि अझै बलियो बनाउनुपर्ने औंल्याए ।
तपाइँको प्रतिक्रीया