काठमाण्डौं : मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अनेरास्ववियु क्रान्तीकारीले खोटाङमा शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाइदिएका छन्।
लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय जाने, पढाउन जाँदा कक्षामै सुत्ने गरेको आरोप लगाउँदै अनेरास्ववियु क्रान्तीकारीले बुधबार खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी नरहास्थित पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई सार्वजनिकस्थलमा मोसो दल्दै जुत्ताको माला लगाइदिएका हुन्।
नियमित विद्यालयमा उपस्थित नहुने, मदिराले मातेर विद्यालय जाने, पढाउनका लागि कक्षामा प्रवेश गरेर त्यही सुत्ने, सुध्रनका लागि पटक–पटक दिइएको चेतावनीको बेवास्ता गरेको तथा गाउँपालिकाको शिक्षा शाखामा उजुरी गर्दा उल्टै बचाउ गरिएकाले उक्त कार्य गरेको बताइएको छ ।
तपाइँको प्रतिक्रीया