सोलुखुम्बु : सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकै रहेको हरियाली सामुदायिक वनमा लागेको डढेलो निभाइएको छ ।
गएको आइतवार रातिदेखि सुरु भएको डढेलो आज बुधवार दिउँसो निभाउन सफल भएको खुम्बुपासाङल्हामु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष टासी ल्हामु शेर्पाले जानकारी दिईन्।
आगो निभाउनका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासी तथा गएको सोमवारदेखि हेलिकप्टरको पनि प्रयोग गरिएको थियो । हेलिकप्टरले ८४ हजार लिटर पानी प्रयोग गरेर डढेलो निभाएको हो ।
तपाइँको प्रतिक्रीया