काठमाण्डौं : जिल्ला अदालत मोरङले मोरङस्थित धनपालथान गाउँपालिका–७ उखुबारी हत्याकाण्डका चार जना अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ ।
तीन जना साझेदारको हत्या प्रकरणका मुख्य अभियुक्त सिरहा नगरपालिका घर भइ काठमाडौं, बल्खु बस्ने ३१ वर्षीय अनिल कुमार मण्डलसहित चार जना जेल चलान भएका हुन् । मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलाशले उनीहरुलाई जेल चलान गरेको हो ।
जेल चलान हुनेमा मण्डलसहित जहदा–४ का २९ वर्षीय अमित भन्ने दिनानाथ सोनार, धनपालथान गाउँपालिका–७ का ६३ वर्षीय नासिर मियाँ, रंगेली–३ का ३५ वर्षीय सोहान मिया भन्ने मोहमद सुभान मन्सुरी छन् । उनीहरुलाई मोरङ कारागार लगिएको छ ।
शृङ्खलाबद्ध हत्याको घटनामा एक जना अभियुक्त नाबालिग रहेकाले उनलाई भने अदालतले बाल सुधार गृहमा राख्न आदेश दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय मोरङले पक्राउ परेका पाँच र फरार १ जनासहित ६ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरेको थियो ।
तपाइँको प्रतिक्रीया